Odapalika - The Fourth Estate - चौथो अंग
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ ।  नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ।  

बुधबार उनीहरूको तारेख थियो। तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको छ। 

उनीमाथि अख्तियारले भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गरिरहेको थियो।

प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेर उपस्थित गराइएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।

उनका अनुसार १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो ।

मुद्दा दायर भएकामा प्राधिकरणका ४ जना, १ इन्जिनियर र १ कन्सलटिङ कम्पनी र त्यसका प्रोप्राइटर छन् ।

क्यानका कर्मचारीहरू उपप्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापा लाई प्रतिवादी कायम गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update