Odapalika - The Fourth Estate - चौथो अंग
धादिङमा सात सवारी एकसाथ दुर्घटना : घाइते २ जनाको मृत्यु

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेसी–६ चालिसेमा शनिबार भएको सवारी दुर्घटनाका घाइते दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार स्कूल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको छ । उनीहरूको सनाखत हुन बाँकी छ । 

डीएसपी दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनापछि २ घण्टा सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो । शनिबार साँझबाट यातायात सञ्चालनमा आइसकेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update