Odapalika - The Fourth Estate - चौथो अंग
प्रदीप अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश

काठमाडौं- नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश भएको छ । आइतबार विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो । यस्तै विशेषले मुरारी भण्डारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा महानिर्देशक अधिकारीसहित ७ जनालाई प्रतिवादी बनाएर गत बुधबार विशेषमा मुद्दा दायर गरेको थियो ।

आयोगले क्यानका कर्मचारीहरू उप-प्रबन्धक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापालाई प्रतिवादी कायम गर्दै जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update