Odapalika - The Fourth Estate - चौथो अंग
आज एनपीएलको पहिलो क्वालिफायर : विराटनगर र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज (मंसिर २३) साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ ।

यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो । यसैकारण लिगमा सातमध्ये ६ खेल जितेको भए पनि आज सुदूरपश्चिमलाई विराटनगरको त्यस्तै विस्फोटक ब्याटिङको डर छ ।

लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्ने टिमले सोझै प्लेअफमा स्थान पक्का गर्नेछ । यता, हार्ने टिमले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update