Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौ ३ का निवर्तमान सांसद सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ३ का निवर्तमान सांसद सन्तोष चालिसे विरूद्भ भ्रष्टचार मुद्दा दायर भएको छ ।

चालिसे विरूद्ध गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दन दायर गरेको हो ।

चालिसे विरूद्ध विशेष अदालतमा दायर गरिएको मुद्दामा गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो मागदाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update