काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनको मतदान कार्य जारी छ । आज विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान कार्य केही समय ढिलो गरेर सुरु भएको थियो ।
एमालेको निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज विहान ११ः४५ बजेसम्ममा ३१५ मत खसेको छ । विहान अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरी निर्वाचन सुरु भएको थियो ।
अहिले विद्युतीय माध्यमबाट मतदान भइरहेको छ । प्राविधिक राम रिमालले यही अनुपातमा मत खसेमा बेलुकी ८ बजेसम्म मतदान सकिने अनुमान रहेको सुनाएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२ ११:५५
प्रतिक्रिया दिनुहोस्







