Odapalika - The Fourth Estate - चौथो अंग
१७ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट ती पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुलीको कमलामाई नगरपालिकामा किरणनिधि तिवारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । तिवारी यसअघि गृह मन्त्रालयमा थिए ।

बर्दियाको गुलरिया नगरपालिकामा कृष्णप्रसाद जैसीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । उनी यसअघि मन्त्रालयमै अतिरिक्त समुहमा थिए ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बताएर सन्तोष सुवेदीलाई पठाइएको छ । उनी शाखा अधिकृत हुन् । यस्तै, गोखराको गण्डकी गाउँपालिकामा तुलसीराम आचार्य, मुस्ताङको घरझोङ गाउँपालिकामा भिमकुमार बस्नेत, लमजुङको दुधपोखरी गाउँपालिकामा शम्सेर गुरुङ, खोटाङको बराहपोखरी गाउँपालिमा अभिषेक घिमिरे र तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा दिलकुमार अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा ऋषभदेव खनाल, सुनसरीको बर्जु गाउँपालिकामा सुधिर साफी, सिरहाको सुखिपुर नगरपालिकामा जयचन्द्र शाह, सिरहाकै कल्याणपुर नगरपालिकामा सुजित कुमार यादव, पर्वतको मोदी गाउँपालिकामा बाबुराम पुरी, डोटीको बोगटान फुडसिल गाउँपालिकामा पदमराज अवस्थी, डोल्पाको काइके गाउँपालिकामा बमबहादुर नेपाली, पर्साको जिराभवानी गाउँपालिकामा अमितकुमार गिरी र पर्साकै कालिकामाई गाउँपालिकामा राज कुशवाहलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

यस्तो सरुवाको सुची

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update