Odapalika - The Fourth Estate - चौथो अंग
एमाले ११औं महाधिवेशनः यी हुन आजको दिनका रोचक पक्ष 

काठमाडौ । नेकपा एमालेको ११औं महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ । आज विहानदेखि एमाले महाधिवेशन प्रतिनिधिहरु आगामी कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्दैछन् ।

आज विहानैदेखि सुरु भएको मतदान भोलि विहानसम्म लाग्न सक्ने आकलन गरिएको छ । किनभने यो समाचार तयार पार्दासम्म करिब आधा महाधिवेशन प्रतिनिधिले मात्रै मतदान गर्न भ्याएका छन् ।

एमालेको महाधिवेशन स्थलमा आज केही रोचक पक्ष पनि देखिए । हामीले ती रोचक पक्षलाई यहाँ समेट्ने प्रयास गरेका छौं ।

नयाँ नेतृत्वको लागि कार्य मतदान आज विहान ८ बजेदेखि सुरु हुने भनिएपनि सबा ९ बजेदेखि मात्रै सुरु भयो ।

महाधिवशनको मतदान कार्य निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेपछि सुरु गर्ने भनियो । तर, भोट हाल्नकोल लागि ओली समयमै आएनन् । ओलीलाई पहिलो मत हाल्न कुर्दा सवाँ एक घण्टा ढिलो गरेर मतदान सुरू भयो ।

एमालेको आगामी नेतृत्वको लागि निर्वमान अध्यक्ष ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । ओली र पोखरेल दुबलाई मत हाल्न एक घन्टाभन्दा  बढी समय लागेको थियो ।

भोट हालेपश्चात् ओली केही फोटो सेसनमा व्यस्त भएपश्चात् गायभ भए । तर चौरतिर घुम्दै ओली गायिक ज्योति मगरदेखि कमल वलीसम्मसँग फोटो सेसनमा व्यस्त देखिए ।

मतदान एकदमै सुस्त देखियो ।

महाधिवेशनस्थलमा अध्यक्षका प्रत्यासी पोखरेल र उनको खेमा निरन्तर मत माग्न मैदानमा उत्रिएको देखिन्थ्यो ।

मतदान कार्य यति ढिलोसम्म भइरहेको थियो कि एउटै व्यक्तिले तीन घण्टा बढी लगाएर मतदान गरेका थिए ।

मतदान एकदमै ढिला भयो भनेर निर्वाचन आयोगप्रति प्रश्न उब्जिएको छ । तर, आयोगका आफ्नै गुनासा छन् । आयोगको गुनासो छ कि चिट चोरेर (लिस्ट हेरेर) भोट हाल्दा ढिला भयो ।

आज रातभर मतदान चल्ने आयोगले जानकारी दिएको छ ।

नतिजा भोलि आउने भनिएको छ तर, कुन बेला आउने भन्ने टुंगो छैन ।

रातको ९ बजेपछि अध्यक्षका प्रत्यासी ओली फेरि मतदानस्थलमा देखापरेका छन् । अर्का प्रत्यासी पोखरेल निर्वाचनस्थलमै छन् ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update