Odapalika - The Fourth Estate - चौथो अंग
एमाले महाधिवेशनः ४० बुथ गनियो, ओली रफ्तारमा, यस्तो छ शंकर र सुरेन्द्रको अवस्था 

काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदान गणनाको ४० वटा बुथको नतिजा प्राप्त भएको छ । अहिलेसम्म ११३९ मत गणना सकिएको हो । यो भनेको करिब आधा मत गणना भइसकेको हो ।

नतिजामा निवर्तमान अध्यक्ष केपी शर्मा ओली प्यानलले अग्रता लिएको छ ।

अध्यक्ष पदमा ओली, महासचिवमा शंकर पोखरेलसहितका पदाधिकारीले अग्रता लिएका छन् ।

कसले कति मत ल्याए ?

अध्यक्ष पदमा

केपी शर्मा ओलीः ८४१

ईश्वर पोखरेलः २९६

महासचिव

शंकरपोखरेलः ६१३

सुरेन्द्र प्रसाद पाण्डेः ५२६

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update