Odapalika - The Fourth Estate - चौथो अंग
एमाले महाधिवेशनः सचिवमा महेश बस्नेतलाई सबैभन्दा बढी भोट, हारे गोकुल र कृष्णगोपालले

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनको अन्तिम नजिता सार्वजनिक भएको छ । 

एमाले निर्वाचन आयोगले दिएको जानकारी अनुसार नयाँ कार्यकालको लागि अध्यक्ष केपी शर्मा ओली दुईतिहाई मतसहित विजयी भएका छन् । उनले १ हजार ६ सय ६३ मत ल्याए । उनका प्रत्यासी ईश्वर पोखरेलले ५ सय ६४ मत पाए ।

यो महाधिवेशनमा ओली र पोखरेलले प्यानलै बनाएर प्रतिस्पर्धा गरेका थिए । अधिकांश पदाधिकारी ओली प्यानलबाट विजयी भए ।

सचिव पदमा ओली प्यानलबाट उम्मेदवार बनेका महेश बस्नेतले सर्वाधिक मत पाए । बस्नेत पछिल्लो समय ओलीका अन्त्यन्तै निकट मानिन्छन् । यस्तै, दोस्रो बढी मत पाउनेमा पद्मा अर्याल बनिन् । उनी लामो समयदेखि ओली निकट मानिन्छिन् ।

केही समयअघिसम्म ओली निकट मानिएका गोकुल बास्कोटा सचिव पदमा पराजित भएका छन् । यस्तै, केही समयअघि ओलीलाई फुटबलको पेलेसँग तुलना गर्ने कृष्णगोपाल श्रेष्ठ पनि सचिव पदमा पराजित भएका छन् ।

यस्तो छ सचिव पदमा उम्मेदवारहरुले पाएको मत

सचिव (९)

• महेश बस्नेत : १५४४ (विजयी)

• पद्मा कुमारी अर्याल : १५३० (विजयी)

• छविलाल विश्वकर्मा : १५०६ (विजयी)

• शेरधन राई : १५०३ (विजयी)

• खगराज अधिकारी : १२३१ (विजयी)

• हिक्मत कुमार कार्की : १३३७ (विजयी)

• यमलाल कँडेल : ११८५ (विजयी)

• राजन भट्टराई : ११८१ (विजयी)

• भानुभक्त ढकाल : ११०८ (विजयी)

• गोकुल प्रसाद बास्कोटा : १०३०

• ठाकुर प्रसाद गैरे : ८८३

• रचना खड्का : ८७७

• कर्णबहादुर थापा : ८४७

• अग्नि प्रसाद खरेल : ७१६

• विनोद प्रसाद ढकाल : ६८४

• कृष्ण गोपाल श्रेष्ठ : ६२५

• पेम्बा लामा : ४९३

• लाल बाबु पण्डित : ४९६

• इन्द्रलाल साप्कोटा : ४०५

• पुरुषोत्तम पौडेल : ४६२

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update