एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्दै छ।
बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको एमालेका नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए।
उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ।
बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२ ०६:२१
प्रतिक्रिया दिनुहोस्






