काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत भएको छ । शनिबार बसेको निर्वाचन आयोगको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।
आचारसंहितामा एक जना उम्मेदवारले २ वटा मात्रै गाडी प्रयोग गर्न पाउने भनिएको छ । यस्तै, राजनीतिक दलले चुनावमा हेलिकप्टर प्रयोग गरेर प्रचारमा जानुपर्ने अवस्था छ भने आयोगमा पहिल्यै विवरण बुझाउनुपर्ने भनिएको छ । आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने छन् ।
दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने आचारसंहितामा उल्लेख छ । आचारसंहितामा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न पनि नपाइने व्यवस्था गरिएको छ ।
यस्तो छ आचारसंहिताको पूर्णपाठ







