Odapalika - The Fourth Estate - चौथो अंग
नेपाली कांग्रेसको १५औं महाधिवेशन बैशाख २८–३१ मा गर्ने प्रस्ताव

काठमाडौँ ।  नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव गरिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा नयाँ मिति प्रस्ताव गरेका हुन् ।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको भनदै पुस २६ मा तोकिएको नियमित महाधिवेशन बैशाख २८–३१ मा गर्ने प्रस्ताव गरेका एक नेताले जानकारी दिए ।

मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६–२८ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने भन्दै वक्तव्य जारी गरेका थिए ।

congress-new-date-1767354656.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update