काठमाडौं। कांग्रेस नेता गुरुराज घिमरिेले कांग्रस नेतृत्वको परिवर्तन विना बस्न नसक्ने बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा स्वागत मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।
‘२३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिलाई नयाँ मोड दिने काम गरेको छ ।कांग्रेसलाई यथास्थितिमा राख्न सकिन्न,’ उनले भने ।
नेपाली कांग्रेस एउटा सभ्यता र संस्कृति भएको बताउँदै यसलाई जोगाउनुपर्नेमा जोड दिए।
‘संस्कृति भनेको कसैको शीरमा टोपी छ कि छैन, यसले केही माइने राख्दैन। संस्कृति व्यवहार हो। कांग्रेस राजनीतिको पुरानो लोकतान्त्रिक संस्कृति हो,’ उनले भने ।
उनले कांग्रेस नेतृ्वले पार्टीका सदस्यहरूलाई गर्ने व्यवहार भएको भन्दै यसलाई जोगाउनु नै अहिलेको चुनौती रहेको बताए । घिमिरेले कांग्रेसको साधारण् सदस्यले पनि कांग्रेसको दीर्घ जीवनका लागि, लोकतान्त्रिक पद्धति जोगाउनका लागि र कांग्रेसको सांगठनिक जीवनका लागि अनि नेपाली कांग्रेसको सुरक्षित भविष्यका लागि महत्वपूर्ण् धेरै अर्थ राख्ने बताए।






