काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन भइसकेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् ।
अहिले भृकुटीमण्डपमा कांग्रेस नेताहरुले सम्बोधन गरिरहेका छन् । उद्घाटन समारोहमा कांग्रेसको संस्थापन पक्षमा रहेका नेताहरु पनि सहभागी भएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि देशको अवस्था परिवर्तन भएको भन्दै महामन्त्री थापा र शर्मा निकट नेताहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान सुरु गरेका थिए । सो समयमा कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिसहरुले हस्ताक्षर गरेको भनिएको छ । कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा विशेष महाधिवशेन गर्नुपर्ने व्यवस्था छ ।
महाधिवेशन सुरु भएको पहिलो दिनको साँझ ५ बजेसम्ममा २०३५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेको प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधव चाम्लागाईंले जानकारी दिए । कांग्रेसमा देशभर ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।






