Odapalika - The Fourth Estate - चौथो अंग
विशेष महाधिवेशनले हटायो कांग्रेसको देउवा नेतृत्वको कार्यसमिति (कार्यविधिको पूर्णपाठ सहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा पेश भएको कार्यविधि पारित भएपछि देउवा नेतृत्वको कार्यसमिति विघटन भएको हो ।
बन्दसत्रमा कार्यविधि मस्यौदा समितिका संयोजक नारायण प्रसाद भट्टराईले कार्यविधि पेश गरेका थिए । सो कार्यविधि पास भएको हो ।
कार्यविधिको ५ नम्बर बुदामा वर्तमान कार्यसमिति विघटन गर्ने प्रस्ताव छ ।
‘नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ (मंसिर २४ देखि २८) बाट निर्वाचित मौजुदा केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्य समितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने’ प्रस्ताव पारित भएको हो ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update