Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा आफ्नो विशेष प्रतिवेदन पेश गरेका छन् ।

उनले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र विषेश महाधिवेशनको नीतिगत संकल्पमा १७ बुँदा छन् ।

पहिलो बुँदामा जेनजी विद्रोहका बारेमा उल्लेख गरिएको छ । भदौ २३ र २४ को जेनजी प्रदर्शनको मुल मर्म भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएकोले यसमा विशेष काम गर्नुपर्ने उल्लेख छ ।

दोस्रो बुँदामा निर्वाचिन सम्बन्धी विषय छ । सो बुँदामा लोकतन्त्रमा निर्वाचन अपरिहार्य भएको उल्लेख गर्दै भयरहित वातावरणमा निश्पक्ष निर्वाचनको अवस्था सरकारले सिर्जना गर्नुपर्ने उल्लेख छ ।

तेस्रो बुँदामा आत्माआलोचना र क्षमा याचना सम्बन्धी विषय समावेश छ । सो बुँदामा विगतमा जानी नजानी पार्टी र नेतृत्वबाट भएका गल्ती अति सत्ताकेन्द्रीत सहकार्यका कारण मुलुकलाई सकारात्मक दिशा दिन कांग्रेसले नसकेकोमा आत्माआलोचना र क्षमा याचना गरिएको छ ।

चौथो बुँदामा नेपाली कांग्रेसको विगत र अवको कांग्रेसका सम्बन्धमा ‘ऐतिहासिक विरासत र लोकतान्त्रिक निष्ठाः निरन्तरतामा नवीनता’ विषय उल्लेख गरिएको छ ।

पाँचौ बुँदामा उन्नत लोकतन्त्र र बहुलबादी समाजको विकास सम्बन्धमा लेखिएको छ ।

यस्यो छ पूर्णपाठ

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update