Odapalika - The Fourth Estate - चौथो अंग
माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आव्हान गर्ने, अरु यस्ता छन् सरकारका निर्णय

काठमाडौँ । राष्ट्रियसभाको अधिवेशन माघ ४ गते आव्हान गर्ने प्रस्ताव गरिएको छ ।

पुस २८ गते (आज) बसेको मन्त्रिपरिषद बैठकले माघ ४ गते राष्ट्रियसभाको बैठक आव्हान गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार आजको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै, वित्तिय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने, २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।

संचार तथा सुचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता खरेलका अनुसार मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने, गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने निर्णय भएको छ । भण्डारी यसअघि अन्नपूर्ण दैनिकको प्रधान सम्पादक थिए । उनी अखण्ड भण्डारीको नामले परिचित छन् ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update