Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।   बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार जारी रहेको छ।

यता संस्थापन पक्षका नेताहरूको छलफलले काठमाडौंमा जारी विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी सभपति शेरबहादुर देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेताहरूले जानकारी दिए।

संस्थापनको विरोधकाबीच पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विषेश महाधिवेशन जारी रहेको छ।  उक्त महाधिवेशनले पार्टीको नीति र नेतृत्व बदल्ने बताइएको छ।

नेतृत्को रस्साकस्सी चलिरहँदा  विशेष महाधिवेशन पक्षधरले कांग्रेस संस्थापन पक्षसँग वार्ता गर्न प्रदीप पौडेल, गुरु घिमिरे, मधु आचार्य र देवराज चालिसे सम्मिलित ४ सदस्यीय वार्ता समिति गठन गरेको छ। संस्थापनले भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई जिम्मा दिएको छ।
 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ०६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update