Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता आज

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उमेदवारी मनोनयन बिहान ८ देखि ९ बजेभित्र सुरु हुने निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।  

कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो । 

उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारिएको थियो । 

मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपछि दर्ता गरिने भनिएको थियो । त्यसपछि साँझ साढे ६ बजेका लागि सारिएको थियो ।

कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update