Odapalika - The Fourth Estate - चौथो अंग
महाराजगञ्ज छलफलः सबै छोड्न देउवा तयार, जवाफ नदिई फर्किए महामन्त्रीहरु

काठमाडौँ । सभापति शेरबहादुर देउवाले कांग्रेस विवाद मिलाउनको लागि आफू सबै छोड्न तयार रहेको बताएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको वार्तामा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति पद दिइसकेको र आगामी निर्वाचनको लागि टिकटमा आफ्नो हस्ताक्षर नराख्नु पर्ने माग हो भने त्यसमा पनि तयार रहेको बताएका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

तर राष्ट्रियसभा र प्रतिनिधिसभाको समानुपातिकको बन्दसुचीमा आफ्नो हस्ताक्षर गइसकेकोले कानुन अनुसार मिल्ने भए आफू त्यसमा पनि तयार रहेको सभापति देउवाले बताएका थिए । कानुन अनुसार अर्काे हस्ताक्षर राख्न मिल्ने भए आफूलाई आपत्ति नहुने उनको भनाइ थियो ।

सभापति देउवाले यस्तो भनाइ राखेपछि दुबै महामन्त्रीहरुले केही जवाफ नदिइ ‘साथीहरुसँग छलफल गर्छाैं भनेर हिडेका प्रवक्ता डा. महतको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update