Odapalika - The Fourth Estate - चौथो अंग
महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी

काठमाडौँ । आफूसहित महामन्त्री गगन थापाले आव्हान गरेको विशेष महाधिवेशनमा नेपाली कांग्रेृसका महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री पदमा महामन्त्री शर्मा र नेता प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको हो । कांग्रेसमा २ जना महामन्त्री रहने व्यवस्था विधानमा छ ।

यस्तै, अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ । निर्वाचन समितिले दिउसो १ बजे नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update