काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मापक्षले सभापति शेरबहादुर देउवासमक्ष ८ बुँदे प्रस्ताव पठाएका छन् ।
ती प्रस्ताव स्वीकार भए आफूहरु विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कार्यमा पछि हट्ने उनीहरुको भनाइ छ ।
महामन्त्रीद्वयले पठाएको प्रस्तावमा गगन थापाले आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाएर उनकै नेतृत्वमा चुनावमा जानुपर्ने माग गरिएको छ ।
यस्ता छन् ८ बुँदा
- कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
- विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
- प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
- चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
- टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
- निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
- उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
- विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १३:५५
प्रतिक्रिया दिनुहोस्







