काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्वाचन आयोगलाई पत्र पठाएको छ ।
आज पत्र पठाउँदै पार्टीले विशेष महाधिवेशन नगरेको जानकारी गराएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आवहानमा विशेष महाधिवेशन जारी छ । संस्थापन पक्ष सो महाधिवेशनमा सहभागी छैन । संस्थापन पक्षले सो विशेष महाधिवेशनलाई अवैध भन्दै आएको छ ।
तर, ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आव्हान गरेका थिए । सो विशेष महाधिवेशनमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी रहेको बताइएको छ ।
विशेष महाधिवेशन आयोजना गर्ने महामन्त्रीद्वय र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई केन्दीय कार्यसमितिले ५ वर्षको लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यता विशेष महाधिवेशन पक्षधरले पनि १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति निर्वाचित गर्ने प्रक्रिया अघि बढाएको छ ।





