Odapalika - The Fourth Estate - चौथो अंग
विघटित केन्द्रीय समितिको नामबाट गरिएको कारवाही विशेष महाधिवेशन हलले खारेज गरेको छः शिवाकोटी

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरका नेता तथा महामन्त्री गगन थापा निकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विगठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई अनधिकृत रुपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौँ भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हल खारेज गरेको बताएका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय समितिका नाममा अनधिकृत रुपमा भएको यो निर्णयले नेपाली कांग्रेसलाई एकताबद्ध बनाइ राख्न भएका हाम्रा सबै प्रयासलाई समेत बाधित तुल्याएको छ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तर्फबाट यो विशिष्ट परिस्थितिमा विशेष महाधिवेशनमा आउनुभएका सबै महाधिवेशन प्रतिनिधिहरू, पार्टीका शुभेच्छुक मतदाता र सबै प्रजातन्त्रप्रेमीहरूमा एकताबद्ध हुन तथा अतिवादी सोचबाट प्रेरित कारबाहीको प्रोपगण्डाबाट रतिभर पनि विचलित नहुन आग्रह गर्दछौं,’ उनले भनेका छन् ।

उनले विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक भएको र आधिकारिक नै रहने पनि बताएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update