काठमाडौँ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा गरेका छन् । माघ ४ गतेदेखि लागू हुने गरी उनले दिबाट राजीनामा दिएका हुन् ।
माघ ४ गतेदेखि लागू हुनेगरी आफूले राजीनामा दिएको पाण्डेले बताए ।
मेयर बालेन्द्र शाह (बालेन) का विश्वासपात्रका रुपमा काम गरेका प्रहरी बलका प्रमुख पाण्डे आगामी फागुन २१ कोल लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।
उनी काठमाडौँ क्षेत्र नं. ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रने चर्चा छ । सो क्षेत्रबाट यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएका थिए । पछिल्लो समय थापा आफू र अर्का महामन्त्री विश्वप्रकश शर्माले आव्हान गरेको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्म भएको घोषणा गरिएको छ ।







