काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका संचार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा गरेका छन् ।
भदौ २३ र २४ को जेनजी प्रशर्दनपछि बनेको शुशीला कार्की नेतृत्वको गैरदलीय सरकार प्रवक्ता मन्त्री खरेलले दलीय राजनीतिमा आवद्ध हुने भन्दै पदबाट राजीनामा गरेका हुन् ।
मन्त्री खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभाको आगामी निर्वाचनमा सहभागी हुन राजीनामा गरेका हुन् ।
मन्त्री खरेल प्रतिनिधिसभामा ललितपुर–२ बाट रास्वपाको उम्मेदवार बन्ने चर्चा छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ १८:०२
प्रतिक्रिया दिनुहोस्







