Odapalika - The Fourth Estate - चौथो अंग
कोशीका ११ जिल्लाः कांग्रेसले कसकसलाई दियो टिकट ?

काठमाडौँ । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले कोशी प्रदेशका ११ जिल्लाको टिकट वितरण टुंग्याएको छ ।

आन्तरिक द्वन्दबाट गुज्रिरहेको नेपाली कांग्रेसले यी ११ जिल्लामध्ये एउटा बाहेक सबै जिल्लामा नयाँ उम्मेदवार बनाएको छ । यसपालि पनि टिकट पाएर दोहोरिने भाग्यमानी उम्मेदवार रामहरि खतिवडा परेका छन् ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापाले टिकट वितरण गरिरहेका छन् ।

कुन जिल्लामा कसले पाए टिकट ?

ताप्लेजुङ 

गजेन्द्र तुम्याहाङ

पाँचथर

नरेन्द्रकुमार केरुङ

इलाम

१ निष्कल राई

२ भेषराज आचार्य

सोलुखुम्बु

प्रकाशसिंह कार्की

खोटाङ

वीरकाजी राई

ओखलढुंगा

रामहरि खतिवडा

उदयपुर 

१ बिदुर बस्नेत

२ रामकुमार राई

भोजपुर

बालकृष्ण थापा

संखुवासभा

दिपनकुमार श्रेष्ठ

तेह्थुम

सन्तोष सुब्बा

धनकुटा

दिनेश राई

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update