काठमाडौँ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय सरकारहरुलाई नसर्ने रोगको स्क्रिनिङ अभियान माघ महिनामै गर्न भनेको छ ।
विगतमा फागुन महिनामा संचालन गरिदै आएको यस्तो कायत्र्रक्रम यो वर्ष भने माघ महिनामा गर्न लागिएको हो ।
फागुन महिनामा प्रतिनिधिसभाको निर्वाचन हुने तालिएका रहेका कारण माघमै अभियान संचालन गर्न भनिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय सरकारहरुलाई गराइसकेको छ ।
सरकारले प्रत्येक वर्ष नसर्ने रोगहरुको स्क्रिनिङ अभियान संचालन गर्ने गरेको छ । नसर्ने रोगबाट पीडितको संख्या ठूलो हुन थालेपछि सरकारले नसर्ने रोग बारेमा रणनीति बनाउन यस्तो स्क्रिनिङ गर्न लागेको हो । नसर्ने रोग भन्नाले मधुमेय, उच्च रक्तचाप, मिर्गाैला सम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात आदि पर्छन् ।







