Odapalika - The Fourth Estate - चौथो अंग
संसद् विघटनविरुद्धको रिटमा सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने

काठमाडौं- सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन नेपाली कांग्रेसका निवर्तमान सांसदले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् । यसका लागि उनीहरू डेलिगेसन लिएर बिहीबार सर्वोच्च अदालत जाने भएको छ । 

विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्वसांसदको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग भेट्न लागेको हो ।

यसका लागि बिहीबार बिहान ११ बजेका लागि समय लिइसकेको घिमिरेले जानकारी दिए । ‘१७ बढी रिट संसद् पुन:स्थापना माग गर्दै परेका छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन‚’ घिमिरेले भने‚ ‘रिट परेपछि त्यसलाई टुंग्याउनुपर्छ । पेसी तोकिदिन र सुनुवाइ गरिदिन अनुरोध गर्न जान लागेका हौं ।’

कांग्रेसका ६५ जना निवर्तमान सांसदले संसद् पुन:स्थापनाका लागि रिट दायर गरेका छन् । रिट दायर गर्नेमध्येका काठमाडौंमा उपलब्ध सबै भोलि सर्वोच्च जाने घिमिरेले बताए ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update