काठमाडौँ । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशव्यापी रुपमा बढ्दो क्रममा छ । प्रत्यक्षतर्फ १६५ सिटको लागि हुने निर्वाचनमा राजनीतिक दलका प्रमुख नेता र सामाजिक क्षेत्रमा प्रभावकारी छवि बनाएका व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा छन् ।
दलका प्रभावशाली नेताहरु चुनावी प्रतिस्पर्धामा रहेको एउटा क्षेत्र सिराहा–४ पनि हो । यो निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादव चुनावी प्रतिस्पर्धामा छन् ।
संसद र संसदीय समितिहरुमा प्रभावकारी रुपमा प्रस्तुत हुने यादव विषयवस्तुमा ज्ञान राख्ने र अध्ययनशील नेता हुन् । उनी यसअघि पटक पटक मन्त्री भइसकेका पनि छन् । २०७९ सालको निर्वाचनमा सिराहा–२ बाट नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई पछि पार्दै राजकिशोर निर्वाचित भएका थिए । राजकिशोरले २४ हजार १७८ मत ल्याउदा कांग्रेस उम्मेदवार चित्रलेखाले २३ हजार २८ मत प्राप्त गरेकी थिइन् । यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२ मत पाएका थिए ।
तर, यसपालिको निर्वाचनमा राजकिशोरले निर्वाचन क्षेत्र परिवर्तन गरी सिराहा–४ रोजेका छन् । सो क्षेत्रमा यसअघि जसपा नेता बिरेन्द्र प्रसाद महतो निर्वाचित भएका थिए । महतोले २४ हजार १०२ मत ल्याएका थिए भने दोस्रो भएका जनमत पार्टीका विरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत पाएका थिए । सो निर्वाचन क्षेत्रमा जसपाको मत दोस्रो हुने पार्टीकोभन्दा करिब ८ हजार बढी थियो । यस्तै, तेस्रो भएका नेकपा एसका उम्मेदवार धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत पाएका थिए । सो क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको तर्फबाट धर्मनाथ प्रसाद साह उम्मेदवार बनेका थिए भने एमालेले जनमत पार्टीका उम्मेदवार बिरेन्द्र प्रसाद साहलाई समर्थन गरेको थियो ।
यसपालिको परिवेश र परिस्थिति फरक छ । भदौ २३ र २४ को जेनजी प्रदर्शनका कारण प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन हुन लागेको हो । सोही प्रदर्शनका कारण पूर्वप्रधान न्यायाधीश शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएर सोही सरकारले निर्वाचन गराउन लागेको छ । यद्यपि, नागरिक सरकार भनिए पनि सो सरकारबाट बाहिरिएर ३ जना मन्त्रीहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी निर्वाचनको उम्मेदवार बनेका छन् ।
सिराहा ४ मा जसपाबाट राजकिशोर यादव उम्मेदवार बनेका छन् भने नेकपा एमालेले धर्मनाथ प्रसाद साहलाई नै उम्मेदवार बनाएको छ । साह नेकपा एस परित्याग गरी पुन एमाले फर्किएका नेता हुन् । यस्तै, नेपाली कांग्रेसले चन्द्रकला कुमारी यादवलाई उम्मेदवार बनाएको छ भने जनमत पार्टीले बिरेन्द्र प्रसाद महतोलाई उम्मेदवार बनाएको छ । यसअघि सोही क्षेत्रबाट निर्वाचित महतो जसपा परित्याग गरी जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले तपेश्वर यादवलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले अजयशंकर नायकलाई उम्मेदवार बनाएको छ ।
सिराहा–४ मा मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका तथा विष्णुपुर गाउँपालिकाको २,३ र ४ नम्बर वडा र नरहा गाउँपालिकाको ३,४ र ५ नम्बर वडा पर्छ । यो विश्लेषणमा हामीले सिराहा–४ मा पर्ने वडाहरूमा जसपा नेपालका वडाध्यक्षका उम्मेदवारहरुले कति मत पाएका थिए भनेर वडागत विवरण दिएका छौं ।
सिराहा– ४ (प्रतिनिधिसभा निर्वाचन २०७९)
बिरेन्द प्रसाद महतो जसपा नेपाल २४१०२ (विजयी)
बिरेन्द्र प्रसाद साह जनमत १६२९४
धर्मनाथ प्रसाद साह नेकपा एकीकृत १४६५३
विमल कुमार तिवारी रास्वपा १६८३
मिर्चैया नगरपालिका
मेयर
श्रवण कुमार यादव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ५२३३ विजयी
राम कुमार मण्डल जनता समाजवादी पार्टी, नेपाल १५६९ (६)
वडाध्यक्षहरू
१ अमलेश कुमार कापर जनता समाजवादी पार्टी, नेपाल ५६ (५)
२ उम्मेदवार छैन
३ दिलिप कुमार यादव जनता समाजवादी पार्टी, नेपाल १७१ (५)
४ उतिम कुमार साह तेली जनता समाजवादी पार्टी, नेपाल ८७ (५)
५ धिरेन्द्र कुमार साह जनता समाजवादी पार्टी, नेपाल ३६६ (३)
६ सत्रुधन साह जनता समाजवादी पार्टी, नेपाल १६७ (७)
७ फुल बहादुर यादब, जनता समाजवादी पार्टी, नेपाल १० (६)
८ विष्णुदेव कुमार महतो, जनता समाजवादी पार्टी, नेपाल १०३ (४)
९ सन्तोष कुमार सुनुवार जनता समाजवादी पार्टी, नेपाल ५४ (५)
१० विनोद कुमार महतो, जनता समाजवादी पार्टी, नेपाल ३२६ (४)
११ प्रमोद कुमार यादव जनता समाजवादी पार्टी, नेपाल २५० (५)
१२ रंजित नरसरिया यादव, जनता समाजवादी पार्टी, नेपाल १७७ (४)
कर्जन्हा नगरपालिका
मेयर
भोला प्रसाद पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३८३९ विजयी
केशव प्रसाद साह, जनता समाजवादी पार्टी, नेपाल ३२२३ (२)
वडाध्यक्षहरू
१ फूलदेव कुमर, जनता समाजवादी पार्टी, नेपाल ११० (५)
२ जितेन्द्र चौरवार, जनता समाजवादी पार्टी, नेपाल ३२८ (२)
३ विश्वनाथ यादव, जनता समाजवादी पार्टी, नेपाल २४६ (३)
४ संतोष कुमार साहु, जनता समाजवादी पार्टी, नेपाल ३४ (४)
५ कुमर लामा, जनता समाजवादी पार्टी, नेपाल २७२ (२)
६ प्रकाशमान श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपाल ६२१ विजयी
७ प्रेम किशोर साह, जनता समाजवादी पार्टी, नेपाल ३७५ (२)
८ शम्भु कुमार व्यार सुडी, जनता समाजवादी पार्टी, नेपाल ५७३ विजयी
९ मो. मुस्तकिन, जनता समाजवादी पार्टी, नेपाल ३८७ विजयी
१० विमलेश कुमार साह, जनता समाजवादी पार्टी, नेपाल २३९ (३)
११ किस्मत राई, जनता समाजवादी पार्टी, नेपाल ४६७ विजयी
कल्याणपुर नगरपालिका
मेयर
राम पुकार साह तेली, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५८८३ विजयी
प्रदीप साह, जनता समाजवादी पार्टी, नेपाल ४१७६ (३)
वडाध्यक्षहरू
१ जयराम कामती, जनता समाजवादी पार्टी, नेपाल ६५४ विजयी
२ मो. साकीर, जनता समाजवादी पार्टी, नेपाल ६९६ विजयी
३ संजित कुमार मण्डल, जनता समाजवादी पार्टी, नेपाल ९२८ (२)
४ कृष्ण देव यादव, जनता समाजवादी पार्टी, नेपाल ६२६ (२)
५ ओम प्रकाश यादव, जनता समाजवादी पार्टी, नेपाल १५ (५)
६ कुशेश्वर साह सुडी, जनता समाजवादी पार्टी, नेपाल १७७ (३)
७ दिपेन्द्र यादव. जनता समाजवादी पार्टी, नेपाल २०० (३)
८ मो. हमजा राईन, जनता समाजवादी पार्टी, नेपाल ३४७ (२)
९ विनोद कुमार यादव, जनता समाजवादी पार्टी, नेपाल ३८९ (३)
१० नन्द किशोर साह, जनता समाजवादी पार्टी, नेपाल ६४९ विजयी
११ राजेश्वर यादव, जनता समाजवादी पार्टी, नेपाल ४३८ (२)
१२ गयाराम यादव, जनता समाजवादी पार्टी, नेपाल ६४ (४)
विष्णुपुर गाउँपालिका
अध्यक्ष
सत्य नारायण यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २१५८ विजयी
जागेश्वर यादव, जनता समाजवादी पार्टी, नेपाल २११७ (२)
वडाध्यक्षहरू
२ रामइश्वर यादव, जनता समाजवादी पार्टी, नेपाल २७१ (२)
३ जय कुमार यादव, जनता समाजवादी पार्टी, नेपाल ४८१ विजयी
४ राज कुमार यादव, जनता समाजवादी पार्टी, नेपाल ६८५ (२)
नरहा गाउँपालिका
अध्यक्ष
राम प्रमोद यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २६९५ विजयी
राम स्वगारथ यादव, जनता समाजवादी पार्टी, नेपाल २५१७ (२)
वडाध्यक्षहरू
३ राम उदगार यादव, जनता समाजवादी पार्टी, नेपाल ५३१ (२)
४ राम विलेक्षण यादव, जनता समाजवादी पार्टी, नेपाल ५८४ विजयी
५ महेश कुमार यादव, जनता समाजवादी पार्टी, नेपाल ४६० (२)
(नोटः माथि कोष्ठमा उल्लेख गरिएको अंक सो निर्वाचनमा जसपा नेपालका वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको स्थान हो भने अगाडि लेखिएको अंक वडा नं. हो । जसपा उम्मेदवार विजयी भएको वडामा विजयी लेखिएकाे छ।)







