काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ ।
पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा, स्विस फ्रयांक एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा, सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८० पैसा र बिक्रीदर २० रुपैयाँ ८९ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसामा विनिमय हुनेछ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर नौ रुपैयाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।
बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६५ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।







