राष्ट्र बैंकमा ३४ जनाको लागि जागिरको अवसर,  कति हुन्छ तलब ?

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३४ जना कर्मचारी नियुक्त गर्न लागेको छ । राष्ट्र बैंकले करार सेवामा नियुक्त गर्नको लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।

बैंकको मानव संसाधन व्यवस्थापन विभागले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

बैंकका अनुसार रक्षक १ जना, सिपाही ४ जना, सवारी चालक ९हलुका० ७ जना, सवारी चालक ९बस० ३ जना, डिस्पेन्सरी २ जना र कार्यालय सहयोगी १७ जना गरी कुल ३४ पदमा कर्मचारी छनोट गरिनेछ।

रक्षक पदका लागि एसईई वा सोसरह उत्तीर्ण तथा सम्बन्धित अनुभव आवश्यक पर्नेछ। सिपाही र सवारी चालक पदका लागि कम्तीमा आठ कक्षा उत्तीर्ण हुनुपर्नेछ। सवारी चालक पदका लागि सम्बन्धित सवारीको चालक अनुमतिपत्र तथा तोकिएको अनुभवसमेत आवश्यक रहेको बैंकले जनाएको छ। डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा इन फार्मेसी उत्तीर्ण हुनुपर्नेछ भने कार्यालय सहयोगी पदका लागि कम्तीमा आठ कक्षा उत्तीर्ण भएको हुनुपर्नेछ।

दरखास्त दिने अन्तिम मिति २०८२ साल भदौ २३ गते तोकिएको सूचनामा उल्लेख छ। उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

बैंकले पदअनुसार लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामार्फत उम्मेदवार छनोट गर्ने जनाएको छ। स्वीकृत नामावली तथा परीक्षा कार्यक्रम बैंकको वेबसाइटमा पछि प्रकाशित गरिनेछ।

छनोट भएका कर्मचारीको करार अवधि ६ महिना रहनेछ। आवश्यकताअनुसार बैंकको केन्द्रीय कार्यालय तथा प्रदेशस्थित कार्यालयहरूमा काममा खटाउन सकिने सुचनामा जनाइएको छ।

इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुर ८ सय रुपैयाँ तोकिएको छ।

बैंकले तोकिएको योग्यता तथा अनुभव पुगेका इच्छुक उम्मेदवारलाई समयसीमाभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ।

करार सेवामा कार्यरत विभिन्न पदका व्यक्तिहरुको पारिश्रमिक तथा अन्य सुविधा राष्ट्र बैंकको नियम अनुसार करारनामामा उल्लेख भए अनुसार हुने जानकारी दिइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update