दैलेख–१ को वडागत हिसावः १० वर्षपछि कांग्रेसले उठाएको उम्मेदवार वासनाको सम्भावना कस्तो छ ?

काठमाडौँ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा लामो समय पछि नेपाली कांग्रेसले दैलेख–१ मा उम्मेदवार बनाएको छ । यसअघिका निर्वाचनहरु २०७४ र २०७९ मा सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवार बनाएको थिएन ।

२०७९ सालको निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसले नेकपा एसका उम्मेदवारलाई छोडेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका अम्बर बहादुर थापा विजयी भएका थिए । थापाका निकटमत प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मा थिए ।

सो निर्वाचनमा नेकपा एसका उम्मेदवार अम्बर बहादुर थापा १८ हजार २९७ मत पाएर विजयी भए । एमाले उम्मेदवार रविन्द्रराज शर्मा १७ हजार ४४५ मत पाएर दोस्रो भए भने राप्रपा उम्मेदवार कुन्तीकुमारी शाहीले ४ हजार ६१२ मत पाइन् ।

यसपालि नेपाली कांग्रेसले दैलेख–१ मा बासना थापालाई उम्मेदवार बनाएको छ । थापा सो क्षेत्रमा नयाँ अनुहार हुन् । स्थानीय पर्यटन व्यवसायी रुपक थापाकी श्रीमती बासनाले स्नतकोत्तर तहसम्मको अध्ययन गरेकी छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेकी थापा महिला अधिकार तथा सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेकी थापा यसअघि विशेष गरेर राजनीतिका साथसाथै समाज सेवामा सक्रिय थिइन् । कोभिड महामारीको समयमा उनले गरेको समाजसेवा अनुकरणीय थियो ।

सो क्षेत्रमा नेकपा एमालेले रविन्द्रराज शर्मालाई उम्मेदवार बनाएको छ । शर्मा २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट एमालेबाटै विजयी भएका थिए । २०७९ को निर्वाचनमा पनि उम्मेदवार बनेका शर्मा सो निर्वाचनमा पराजित भए । शर्माले एसएलसीसम्मको अध्ययन गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले सो क्षेत्रबाट अम्मर बहादुर थापालाई उम्मेदवार बनाएको छ । उनी २०७९ को निर्वाचनमा नेपाली कांग्रेससहितको समर्थनमा उम्मेदवार बनी विजयी भएका थिए । त्यसपछि थापा प्रतिनिधिसभा अन्तरगतको शिक्षा समितिका सभापति पनि भए । तर, समिति सभापतिको रुपमा थापाको प्रस्तुती कमजोर रहेको थियो । थापाले एसएलसीसम्मको पनि अध्ययन पूरा गरेका छैनन् ।

अहिले देशव्यापी माहोल सिर्जना गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सो क्षेत्रमा कम प्रभाव रहेको स्थानीय बताउँछन् । यद्यपि, २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले ८८७ मत पाएको थियो । अहिले सो क्षेत्रमा रास्वपाले नन्दकिशोर बस्नेतलाई उम्मेदवार बनाएको छ । बस्नेतले आइएडसम्मको अध्ययन पूरा गरेका छन् । 

यही परिवेशमा वडापालिकाले लामो समयपछि कांग्रेसले उम्मेदवार बनाएको दैलेख–१ मा कांग्रेस उम्मेदवारको अवस्था के हुन सक्ला भनेर यसअघिको निर्वाचनमा समानुपातिकमा पार्टीले पाएको मत तथा गत स्थानीय तह निर्वाचनमा दलहरुले वडागत रुपमा पाएको मतका आधारमा विश्लेषण गरेका छौं । राष्ट्रिय स्वतन्त्र पार्टीको माहौल सो निर्वाचन क्षेत्रसम्म नपुगेको भन्ने स्थानीयको विश्लेषण, समानुपातिकमा बढी मत देखिएको नेकपा एमालेको देशव्यापी रुपमा अवस्था कमजोर भएको, नेकपाले यसपघि निर्वाचित सांसदलाई निकट दिएपनि उनको प्रस्तुती कमजोर भएका कारण जिल्लामा आलोचना भएको र नेपाली कांग्रेसले लामो समयपछि उच्चशिक्षासम्मको अध्ययन गरेको, सक्षम र युवा महिला उम्मेदवार बनाएको कारण उनको पक्षमा माहोल हुन सक्ने स्थानीयहरु बताउँछन् । 

दैलेख–१ मा गुराँस गाउँपालिका, डंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका र नारायण नगरपालिका पर्छ । यी स्थानीय तहहरुका वडाहरुमा कुन पार्टीका उम्मेदवारले कति मत पाएका थिए, गत प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति मत पाएका थिए भन्ने तथ्यांकका आधारमा यो विश्लेषण तयार पारिएको छ ।

समानुपातिक २०७९

  • नेकपा एमाले १६,३१३
  • नेपाली काँग्रेस १५,८३७
  • नेकपा एस ३,१६६
  • माओवादी केन्द्र २,६४५
  • राष्ट्रिय प्रजातन्त्र पार्टी १,८५४
  • राष्ट्रिय स्वतन्त्र पार्टी ८८७

गुराँस गाउँपालिका 

अध्यक्ष

  • टोप बहादुर वि सी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४६८१ विजयी
  • खेमराज ओली नेपाली काँग्रेस ४३६६ (२)

वडाध्यक्षहरू

  • १ धर्म बहादुर रावल, नेपाली काँग्रेस ५९५ विजयी
  • जंग बहादुर महत्तम क्षेत्री नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३३९ (२)
  • २ शेरबहादुर रावल, नेपाली काँग्रेस ५२२ विजयी
  • प्रेम बहादुर रावल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २८८ (२)
  • ३ काशि राम शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७६९ विजयी
  • केशव बहादुर खत्री, नेपाली काँग्रेस ४८८ (२)
  • ४ खडक बहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५९४ विजयी
  • बखत बहादुर शाही, नेपाली काँग्रेस ५१५ (२)
  • ५ भुपेन्द्र बहादुर चन्द, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७९० विजयी
  • देव प्रसाद रिजाल, नेपाली काँग्रेस ६५८ (२)
  • ६ चन्द्र बहादुर राना, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६६८ विजयी
  • इन्द्र बहादुर बुढा, नेपाली काँग्रेस ६२२ (२)
  • ७ नन्द वहादुर बि.सी., नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५५९ विजयी
  • थीर वहादुर थापा, नेपाली काँग्रेस ४६९ (२)
  • ८ दिपेन्द्र वली, नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५८२ विजयी
  • भक्त वहादुर के.सी, नेपाली काँग्रेस ५५९ (२)

डुंगेश्वर गाउँपालिका

अध्यक्ष

  • सुन्दर कुमार के.सी. नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३४०६ विजयी
  • नगेन्द्र वहादुर मल्ल, नेपाली काँग्रेस ३३३६ (२)

वडाध्यक्षहरू

  • १ श्याम बहादुर राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ७८१ विजयी
  • लोक बहादुर डागी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५२४ (२)
  • कांग्रेस उम्मेदवार छैन
  • २ याम वहादुर विष्ट, नेपाली काँग्रेस ८६० विजयी
  • राजु कुमार खत्री, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६३८
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • ३ कृष्ण बहादुर खत्री, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५४९ विजयी
  • उदयराम न्यौपाने, नेपाली काँग्रेस ४३० (२)
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • ४ नगेन्द्र बहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५०५ विजयी
  • खगेन्द्र बहादुर थापा, नेपाली काँग्रेस ४८१ (२)
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • ५ पर्वलाल शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५३४ विजयी
  • टेक बहादुर भण्डारी, नेपाली काँग्रेस ३६८ (२)
  • खड्ग प्रसाद न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ५
  • ६ मान वहादुर थापा मगर, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४१३ विजयी
  • भीम बहादुर भट्ट, नेपाली काँग्रेस ३४३ (२)
  • माओवादी केन्द्रको उम्मेदवार छैन

भगवती माइ गाउँपालिका

अध्यक्ष

  • गणेश वहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २८४६ विजयी
  • दशरथ खड्का, नेपाली काँग्रेस २२०३ (२)
  • शान्ती प्रसाद शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) १९३३ (३)

वडाध्यक्षहरू

  • १ इन्द्र बहादुर थापा, नेकपा एस ४५८ विजयी
  • झरे थापा, नेपाली काँग्रेस ३२९ (२)
  • शैलेन्द्र राज थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २१० (३)
  • माओवादी केन्द्रको समर्थन नेकपा एसलाइ
  • २ दिपक रावत, नेकपा एस ३४४ विजयी
  • प्रकाश कुमार शाही, नेपाली काँग्रेस २७६ (२)
  • खड्क बहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २२१ (३)
  • माओवादी केन्द्रको समर्थन नेकपा एसलाइ
  • ३ मान बहादुर खड्का, नेपाली काँग्रेस ३९९ विजयी
  • जय वहादुर खड्का, नेकपा एस २६० (२)
  • लक्ष्मी प्रसाद रेग्मी, स्वतन्त्र २४१
  • एमाले र माओवादी केन्द्रको उम्मेदवार छैन
  • ४ देवलोक अधिकारी, नेपाली काँग्रेस ४०९ विजयी
  • टोपेन्द्र के.सि, नेकपा एमाले ३८६ (२)
  • कृष्ण बहादुर थापा, नेकपा एस २३१
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • ५ कृष्ण बहादुर शाही, नेकपा एस ३८९ विजयी
  • कृष्ण बहादुर खड्का, नेकपा एमाले २९३ (२)
  • जगत बहादुर शाही, नेपाली काँग्रेस २८८ (३)
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • ६ गणेश प्रसाद शर्मा, नेपाली काँग्रेस ५३२ विजयी
  • बम बहादुर सिंह नेकपा एस ३८७ (२)
  • खगीसरा बुढा, नेकपा एमाले २८६ (३)
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • ७ पुर्ण बहादुर थापा, नेपाली काँग्रेस ५०९ विजयी
  • गणेश खड्का, नेकपा माओवादी केन्द्र  ३५० (२)
  • मन मोहन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी २०७ (३)
  • एमाले र नेकपा एसको उम्मेदवार छैन

नारायण नगरपालिका

मेयर

  • लोमन शर्मा, नेकपा एमाले ५४३६ विजयी
  • निर्मला कुमारी खड्का थापा, नेपाली काँग्रेस ५३५७ (२)
  • गंगाराम बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी ३९८ (३)
  • दान वहादुर महतारा, नेकपा माओवादी केन्द्र २५ (५)

वडाध्यक्षहरू

  • १ सन्देश कुमार श्रेष्ठ, नेपाली काँग्रेस ३७८ विजयी
  • रमेश कुमार के.सी. नेकपा एस ३५८ (२)
  • मनोज थापा, नेकपा एमाले ३०० (३)
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • २ रेशम बहादुर थापा, नेकपा एमाले ६६४ विजयी
  • दान वहादुर थापा, नेपाली काँग्रेस ६२३ (२)
  • अन्य दलको उम्मेदवार छैन
  • ३ चन्द्र प्रसाद उपाध्याय, नेकपा एमाले ४१० विजयी
  • लक्ष्मी प्रसाद कोइराला, नेपाली काँग्रेस ३३९ (२)
  • हर्क बहादुर नेपाली, नेकपा एस १२९ (३)
  • ४ चन्द्र वहादुर कटुवाल, नेपाली काँग्रेस ५३५ विजयी
  • विरवहादुर कटुवाल, नेकपा एमाले ४८८ (२)
  • भेषराज थापा, नेकपा एस १३१ (३)
  • ५ ऐमान सिंह थापा, नेकपा एमाले ४२३ विजयी
  • प्रेम वहादुर घले, नेपाली काँग्रेस ३६४ (२)
  • गोपाल नेपाली, नेकपा एस ३६ (३)
  • ६ जनक प्रसाद न्यौपाने, नेकपा एमाले ५२६ विजयी
  • धर्मराज भट्टराई, नेपाली काँग्रेस ४८४ (२)
  • माओवादी केन्द्र र नेकपा एसको उम्मेदवार छैन
  • ७ खड्ग बहादुर शाही, नेकपा एमाले ५८४ विजयी
  • हेम बहादुर सुवेदी, नेपाली काँग्रेस ४८८ (२)
  • माओवादी केन्द्र र नेकपा एसको उम्मेदवार छैन
  • ८ गोपाल कुमार वि.सी. नेकपा एमाले ३४८ विजयी
  • दल बहादुर खत्री, नेपाली काँग्रेस ३२० (२)
  • नगेन्द्र वहादुर थापा, नेकपा एस १३२ (३)
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • ९ महेन्द्र विक्रम खड्का, नेपाली काँग्रेस ५९७ विजयी
  • नन्द वहादुर रावल, नेकपा एमाले ४९७ (२)
  • माओवादी केन्द्र र नेकपा एसको उम्मेदवार छैन
  • १० लाल बहादुर बस्नेत, नेकपा एमाले ४७४ विजयी
  • बखत बहादुर थापा, नेपाली काँग्रेस ३८२ (२)
  • अन्य दलको उम्मेदवार छैन
  • ११  दिर्घ बहादुर मल्ल, नेपाली काँग्रेस ४७८ विजयी
  • टंक बहादुर विष्ट, नेकपा एमाले ३९० (२)
  • मिना देवी शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी १२० (३)
  • मन कुमारी सुनार, नेकपा एस ११४ (४)
  • लोक बहादुर शाही, नेकपा माओवादी केन्द्र १३
प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update