Odapalika - The Fourth Estate - चौथो अंग
मतदाता शिक्षाः १५ दिनको १० हजार लिएर दिदैछन् वडाका बेतलबी कर्मचारी

काठमाडौँ । फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको समय नजिकिदै छ । मतदानलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले मतदाता शिक्षा सुरु गर्न लागेको छ ।

आयोगले देशभरका सबै स्थानीय तहसँग समन्वय गरी मतदाता शिक्षा लागू गर्न लागेको हो ।  सबै स्थानीय तहका वडा कार्यालयहरुबाट मतदाता शिक्षा लागू गर्ने गृहकार्य आयोगको छ ।

यसका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालय मार्फत सबै स्थानीय तहहरुलाई मतदाता शिक्षा कार्यक्रम संचालन गर्न आग्रह गरेको छ । मन्त्रालयले पनि सबै स्थानीय तहहरुलाई मतदाता शिक्षा कार्यक्रम लागू गर्न परिपत्र गरिसकेको छ ।

आयोगले दिएको जानकारी अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गरिनेछ । यसको लागि देशभरका सबै वडा कार्यालयहरुबाट मतदाता शिक्षा स्वयमसेवक खटाउने गृहकार्य भइरहेको छ । आयोगले देशभरका ६ हजार ७४३ वडामा नै स्वयमसेवक खटाउन लागेको हो ।

यस्ता स्वयमसेवकहरु स्थानीय सरकार मातहत रहेर काम गरेका बालविकास सहजकर्ता, मातृशिशु सहजकर्ता, महिला स्वयमसेविका जस्ता क्षेत्रमा कार्यरत जनशक्तिलाई नै परिचान गर्ने निर्णय आयोगले गरेको छ ।

यस्ता जनशक्तिले १५ दिन काम गर्ने छन् । त्यसको लागि एकमुष्ठ रुपमा १० हजार रुपैयाँ प्रदान गरिने भएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update