काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको चुनावी सभामा वा प्रचार अभियानमा निस्कने कुनै तयारी नरहेको सचिवालयले जनाएको छ । ‘देउवा चुनावी अभियानमा निस्कने’ भन्दै आएका समाचारप्रति खण्डन गर्दै सचिवालयले त्यस्तो तयारी नरहेको जानकारी गराएको हो ।
“चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी भएको छैन,” सचिवालयले भनेको छ ।
सचिवालले स्वास्थ्यका कारण पनि सभा,सम्मेलनमा जाने अवस्था नरहेको तथा पार्टीको कुनै पनि तहबाट त्यस्तो कुनै परामर्श नभएको जानकारी गराएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ ०६:५८
प्रतिक्रिया दिनुहोस्







