काठमाडौँ । स्याफ्रुबेसी–रसुवा सडकखण्ड चैत १ गतेदेखि प्रत्येक महिना १५ दिन बन्द हुने भएको छ ।
गल्छी त्रिशुली मैलुङ रसुवागढी सडक योजना अन्तरगतको सो सडक पुन निर्माणका लागि बन्द हुन लागेको हो ।
सो सडकखण्ड चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको रसुवाको गोखाइकुण्ड गाउँपालिकाले जानकारी दिएको छ । उक्त सडकखण्डको अधिकांश भाग नदीको बेस लेभलसम्म क्षति पुगेकोले पुन निर्माण थापिलएको हो ।
सडक बन्द हुने सम्बन्धमा गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरी जानकारी गराएको छ । तर सडक बन्द भएको समयमा पनि आमनागरिकको सामान्य जननजीवन प्रभावित नहुने र अत्यावश्यक सेवा सुचारु गर्न आवश्यक समन्वय र सहजीकरण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर विकले जानकारी दिए ।








