Odapalika - The Fourth Estate - चौथो अंग
कार्यसम्पादन मूल्यांकनमा चितवनका पालिकामा पनि दोस्रो मात्रै छ रेणु नेतृत्वको भरतपुर महानगर

काठमाडौँ । चितवन जिल्लामा पर्ने भरतपुर महानगरपालिकाको करिब ८ वर्ष नेतृत्व गरेकी रेणु दाहालले सो नगरपालिकामा विकासको उत्तम नमुना देखाएको बताउने गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणुले सो महानगरभित्र पूर्वाधारण निर्माण, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य जस्ता हरेक क्षेत्रमा अब्बल काम गरेको दाबी उनी निकट बताउँछन् ।

स्थानीय तहमा २ कार्यकालभन्दा बढी समय नेतृत्व गर्न नपाउने कानुनी व्यवस्थाको कारण रेणु दाहाल मेयर पदबाट राजीनामा गरेर आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा छन् । उनी चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेकी छन् ।

रेणु दाहालले मेयर बनेको समयमा कानुनको पालनामा औसत काम गरेको प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै प्रकाशन गरेको एक तथ्यले देखाएको छ ।

आयोगले देशभरका स्थानीय तहहरुको कार्यसंम्पादन मूल्यांकन सार्वजनिक गरेको छ । गत आर्थिक वर्षभरिको कामको आधारमा गरेको सो मूल्यांकनमा रेणु दाहाल नेतृत्वको भरतपुर महानगरले १०० पूर्णांकमा ६८ अंक प्राप्त गरेको छ ।

chitawan-local-lavel-1770999067.jpg

विभिन्न १७ सुचकका आधारमा गरिएको मूल्यांकनमा भरतपुर महानगर चितवनका अन्य स्थानीय तहसँगको तुलनामा दोस्रो मात्रै भएको छ । चितवनको इच्छाकामना गाउँपालिका सबैभन्दा बढी अंक ल्याएर पहिलो स्थानमा छ । सो गाउँपालिकाले ७४.३३ अंक प्राप्त गरेको आयोगले जानकारी दिएको छ ।

चितवनमा जम्मा ७ वटा स्थानीय तह छन् भने गाउँपालिका एउटा मात्रै हो । यस्तै, महानगरपालिका पनि भरतपुर मात्रै हो, जसको नेतृत्व २०७४ सालदेखि रेणु दाहालले गर्दै आएकी थिइन् ।

के–के छन् १७ सुचक ?

स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सूचक तथा प्राप्त विवरण

सूचक १: गाउँ कार्यपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान सम्बन्धी गाउँ सभा/नगरसभामा पेश गरिएको।

सूचक २: गाउँ कार्यपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान सम्बन्धी सम्वाद २०८२ असार मसान्तभित्र पारित गरिएको।

सूचक ३: स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा घर तथा बालबालिका शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई बुझाउनु पर्ने ५० प्रतिशत रकम मासिक रुपमा सम्बन्धित कोषमा जम्मा गरिएको।

सूचक ४: स्थानीय तहले आ.व. २०८१/८२ को आय व्ययको वास्तविक विवरण २०८२ असार मसान्तभित्र प्रदेश मन्त्रालयमा पेश गरिएको।

सूचक ५: स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणको प्रतिवेदन तथा लेखापरीक्षण विवरण २०८२ कार्तिक मसान्तभित्र सार्वजनिक गरिएको।

सूचक ६: स्थानीय तहले आफ्नो आन्तरिक राजस्व वृद्धि गर्न कार्ययोजना तयार गरेको।

सूचक ७: स्थानीय तहको गत आर्थिक वर्षको बजेट कार्यान्वयन दर सन्तोषजनक रहेको।

सूचक ८: आर्थिक वर्ष २०८१/८२ को अन्त्य लेखापरीक्षण अनुकूल रहेको।

सूचक ९: स्थानीय तहको लेखा व्यवस्थापन प्रणाली (SUTRA) को प्रयोग गरिएको।

सूचक १०: स्थानीय तहले आर्थिक पारदर्शिता सुनिश्चित गरेको।

सूचक ११: शैक्षिक वर्ष २०८२ मा कक्षा ८ को कक्षा ११ तथा कक्षा १२ अन्तिम परीक्षा उत्तीर्ण दर वृद्धि भएको।

सूचक १२: शैक्षिक वर्ष २०८२ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यालय टिकाउ दर वृद्धि भएको।

सूचक १३: शैक्षिक वर्ष २०८२ मा सामुदायिक विद्यालयका कक्षा १० को परीक्षा नतिजा राष्ट्रिय औसत भन्दा उत्कृष्ट रहेको (GPA १.६ भन्दा माथि GPA प्राप्त गर्ने विद्यार्थीको प्रतिशत)।

सूचक १४: आर्थिक वर्ष २०८१/८२ मा एकल महिला तथा ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिएको।

सूचक १५: आर्थिक वर्ष २०८१/८२ मा प्राप्त सेवा वापत बालबालिकाको अनुपात सन्तोषजनक रहेको।

सूचक १६: आयोजनाले तयार गरेको विस्तृत अनलाइन पोर्टल मार्फत सम्पूर्ण सूचक सम्बन्धी विवरण संकलन तथा अभिलेखीकरण गरिएको।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update