Odapalika - The Fourth Estate - चौथो अंग
४ सय ३८ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

काठमाडौँ । ठूलो परिमाणको लागुऔषध गाँजासहित मकवानपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय राम बहादुर मोक्तानसमेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

भीमफेदी गाउँपालिका-२ चुनियाबाट गाँजा करिब ४ सय ३८ किलोग्रामसहित प्रहरी चौकी भैसेबाट खटिएको टोलीले उनीहरूलाई  पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेको लु.१ च २१५२ नम्बरको बोलेरो गाडी र बा. प्र.०३-००५ प ४५७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।     

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update