Odapalika - The Fourth Estate - चौथो अंग
बर्दियाको मालपोत कार्यालयमा फागुन १० गते काम नहुने, यस्तो छ कारण

काठमाडौँ । बर्दियाको राजापुरमा रहेको मालपोत कार्यालयबाट फागुन १० गते काम नहुने भएको छ । सो दिन मालपोत कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध हुने मालपोत कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको कारण सेवा अवरुद्ध हुने भएको हो ।

सो निर्वाचनको लागि खटिने कर्मचारीको अभिमुखीकरण कार्यक्रम रहेकोले फागुन १० गते सेवा प्रवाह गर्न नसकिने कार्यालयले जानकारी दिएको छ ।

‘फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को लागि यस बर्दिया जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तरगतका मतदान केन्द्रमा खटाइएका यस कार्यालयका अधिकांश कर्मचारीहरु मिति २०८२।११।१० गतेका दिन हुने मतदान अधिकृत र सहायक मदलान अधिकृतको अभिमुखीकरण कार्याक्रममा सहभागी हुन जानुपर्ने भएकोले सो दिन कार्यालयमा सेवा अवरुद्ध हुन्छ,’ कार्यालयले भनेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update