Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन् फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका २५ निर्णय

काठमाडौँ । फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले २५ वटा निर्णय गरेको छ ।

बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृतिदेखि नेपाली सेनानीलाई महासेनानीमा बढुवालगायत विभिन्न २५ निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालले दिएको जानकारी अनुसार बैठकले न्याय सेवा आयोगको सिफारिस बमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका दुजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा थर्ने र दुईजना महासेनानीको सरुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अुसार गठित यतायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेशहरु सम्बन्धी जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय गरेको छ ।    

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारले सो अवधिमा निजहरुको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

सरकारले प्रतिनिधिसभा निर्वाचनमा फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए

नेपाललाई ओइसिडी ग्लोवल फोरम अन ट्रान्सपरेन्सी एण्सचेन्ज अफ इन्फरमेसन फर टेक्स पर्पोजको सदस्यता लिन स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ । बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय गरिएको छ । 

मन्त्रिपरिषद् बैठकले हितमान गरुुङ्गलाई बेलायतका राजाद्वारा प्रदान गरिने 

मस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

आगामी चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हनुे २१ औँ  इन्टरपोल एनुअल हेड्स या एनसिबी कन्फ्रेन्समा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ ।

यस्तै, बैठकले नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ फागनु ४ देखि ७ गतेसम्मबंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारेक रहमानको शपथ समारोहमा सहभागी भएका परराष्ट्रमन्त्रीको भ्रमण समर्थन गर्ने निर्णय गरेको छ । 

चीन सरकारको अनुदान  सहयोगमा निर्माण/स्तरोन्नत्ति हुने कलंकीदेखि बसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजझौतामा  उल्लिखित विषयहरुमा कर छुट दिने निर्णय भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रय कार्यसमितिको तदर्थ समितिलाई संवत् २०८३ साल असार मसान्तसम्मको लागि निरन्तरतले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने बैठकले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले न्यूयोर्कमा आयोजना हुने संयक्त राष्ट्रसङ्घीय महिलाको स्थिति सम्बन्धी आयोग (सिएसडब्लु) को ७० औँ सम्मेलनमा फागनु २५ देखि चैत ५ गतेसम्म सहभागी हुन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललर्ई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

विसं २०८२ फागनु १ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय गरिएको छ ।

बैठकले केरावारी–न्यूङ्दी (दरौदी करिडोर) १३२ के.भीरयूमस्याणदी (दरौदी करिडोर) १३२ के.भी. विद्युत प्रसारण लाईन आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख/पोल हटाउन स्वीकृति दिएको छ । माथिल्लो जनुवेशीखोला जलविद्यतु आयोजना निमाणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख/पोल हटाउन स्वीकृति दिएको छ । जेनजी परिषद् गठन गर्ने निर्णय भएको छ । 

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सचिवहरु डा. रामप्रसाद घिमिरे र डा हरिप्रसाद लम्साललाई अवकाशको जानकारी दिने र हालसम्म पुर्‍याएको योगदानको लागि नेपाल सरकारकोतर्फबाट धन्यवाद दिने निर्णय गरेको छ । यस्तै बैठकले नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रणका छजना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update