Odapalika - The Fourth Estate - चौथो अंग
नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटना, ८ यात्री घाइते, ४ जनाको अवस्था गम्भीर

नुवाकोट । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो बिहीबार साँझ शिवपुरी गाउँपालिका-५ कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन्।

घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ लगिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटना हुँदा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका हुन्।

उनीहरूको टाउको, छातीमा चोट लागेकाले उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।

दुर्घटनामा परेर घाइते भएका इन्द्रकुमार तामाङ, रप्सागी तामाङ, सुशीला र टेकबहादुर विष्टको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ।

बाप्र०३–००१ज ७७७ नम्बरको सुमो शिवपुरी-५ स्थित कुखुरेको ओरालोमा ब्रेक फेल भएका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

गाडीका चालक दुप्चेश्वर गाउँपालिका-४ का आइत लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update