सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् ।
निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत प्राप्त गरेका निर्वाचन आयोगले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२ १२:२४
प्रतिक्रिया दिनुहोस्







