चैत १९ गते दुबै सदनको बैठक आव्हान गर्न सरकारको सिफारिस

काठमाडौँ । सरकारले चैत १९ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

फागुन २१ को प्रतिनिधि चुनावअघि राष्ट्रियसभा अधिवेशन अन्त्य भएको थियो।

साथै फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन भएपछि पहिलो पटक प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न सिफारिस भएको हो।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update