सूर्याेदय नगरपालिकाले ३ वटा ऐन र एउटा कार्यविधि संशोधन गर्ने

काठमाडौँ । इलामको सूर्याेदय नगरपालिकाले ३ वटा ऐन र एउटा कार्यविधि संशोधन गर्ने भएको छ । 

नगरपालिकाले सहकारी ऐन २०७५, स्वास्थ्य ऐन २०७८ र सवारी तथा यातायात व्यवस्था ऐन २०७६ संशोधन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत लुना खतिवडाले जानकारी दिइन् ।

यस्तै, सर्याेदय नगरपालिमा गुणस्तरीय चिया उत्पादन, संकलन तथा प्रशोधन सम्बन्धी कार्यविधि बनाउन लागिएको छ ।

ऐनहरुलाई समसामयिक बनाउन संशोधन गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ ।

तर, ऐन संशोधनमा नागरिक सहभागिता भने कमजोर छ । गत चैत १२ गते ऐनका संशोधनका विषय तथा कार्यविधिको मस्यौदा सार्वजनिक गरी नागरिकलाई ३ दिनभित्रमा लिखित सुझाव दिन भनिएको छ । नगरपालिकाले सार्वजनिक सुचना प्रकाशन गरी यस्तो सुझाव मागेको थियो ।

‘...ऐन/कार्यविधिको प्रतिस्थापन विधेयकको मस्यौदा उपर आम नागरिकको राय तथा सुझाव संकलन गर्नका लागि सबै वडा कार्यालयहरुमा पठाइएको र वेबसाइट मार्फत सार्वजनिक गरिएको हुँदा आफ्नो नजिकको वडा कार्यालयमा गएर वा वेबसाइटमार्फत उक्त मस्यौदाहरु अध्ययन गर्नुहुन अनुरोध छ । साथै, मस्यौदा उपर यहाँहरुको कुनै सुझाव भए २०८२।१२।१६ गते विहान १० बजेभित्र नगरपालिकामा लिखित रुपमा वा इमलेमा उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध छ,’ सुचनामा उल्लेख छ । नगरपालिकाले चैत १२ गते सुचना प्रकाशन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update