खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
सोमबार, वैशाख १४, २०८३
विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु‚ २५ जना घाइते
सोमबार, वैशाख १४, २०८३
यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन् । ती घटनाबाट रु ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए ।
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
सोमबार, वैशाख १४, २०८३
वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो । कार्यालयका अनुसार उक्त क्षेत्रको आठ स्थानको बाट डाइभर्सन बनाइ आवागमन गराइएको हो । आइतबार नै सात स्थानको डाइभर्सन बनाएपछि चारसयबेंसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा बर्षा भएपछि थप काम रोकाइएको थियो ।
अर्थको श्वेतपत्रः सन् २०३० सम्म ६०.५ प्रतिशत‚ निजी क्षेत्रको विश्वास अभिवृद्धि गरिने (पूर्णपाठ)
सोमबार, वैशाख १४, २०८३
यस्तै, मानव विकासका क्षेत्रमा क्रमिक सुधार भए तापनि प्राप्त उपलब्धि अझै सन्तोषजनक नरहेको पत्रमा उल्लेख गरिएको छ । नेपालको आर्थिक वृद्धि तुलनात्मक रूपमा न्यून र अस्थिर रहेको उल्लेख गरिएको छ । पछिल्लो एक दशकको अवधिमा वार्षिक औसत आर्थिक वृद्धि ४.२ प्रतिशत रहेको छ । यस अवधिमा नेपालको अर्थतन्त्र न्यूनतम २.४...
राज्यलाई हुनेभयो राहत‚ विदेशमा उपचार गराउँदा खर्च पाउने सुविधा सर्वोच्चद्वारा खारेज
सोमबार, वैशाख १४, २०८३
अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद (स्वागत) नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै कामु प्रन्या मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संवैधानिक इजलासले सोमबार आंशिक रिट जारी गरेको हो ।
निजामती सेवा विधेयकमा सरकारलाई ४ प्रतिशत र कर्मचारीलाई ५ प्रतिशत लाभ हुने विकल्प किन रोजिएन ?
सोमबार, वैशाख १४, २०८३
संचयकोष, उपचार खर्च र निवृत्तिभरणको लागि सरकारले कर्मचारीको मासिक तलबको २४.३३ प्रतिशत र कर्मचारीले मासिक तलबको १६ प्रतिशत रकम योगदान गर्नु परेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त
सोमबार, वैशाख १४, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले सित्तैमा ५ हजार दिन्छु भन्दा पनि नगरबासी किन गइरहेका छैनन् पैसा लिन ?
सोमबार, वैशाख १४, २०८३
यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । एउटा बच्चाको लागि ५ हजार रुपैयाँ दिने गरिएका कारण अहिलेसम्म खर्च भने जम्मा १५ हजार रुपैयाँ मात्रै भएको छ ।
बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ?
सोमबार, वैशाख १४, २०८३
राज्यका निकायले अनुसन्धान गरिरहेको व्यवसायिक ग्रुपको प्रभावमा परेर नेप्से संचालक समिति र सिडिएससी संचालक समितिले पन्दाकलाई हटाएको देखिएको छ । यसले गोल्यान परिवार विरुद्धको अनुसन्धान प्रभावित हुन सक्ने आलकन पनि गरिएको छ ।
भत्काइएको सुकुम्बासी बस्तीमा सुनिता डंगोल, तारबार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
सोमबार, वैशाख १४, २०८३
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिकामा ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु
सोमबार, वैशाख १४, २०८३
प्रतिमेगावाट २० करोड रुपैयाँका दरले १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट विसं २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु
सोमबार, वैशाख १४, २०८३
मुस्ताङको जोमसोममा लेक लागेर एकजना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आइतबार जोमसोममा लेक लागेर मृत्यु भएको हो ।
मध्यविन्दु नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, वैशाख १३, २०८३
डण्डाबाट अरुणखोलातर्फ आउँदै गरेको लु१अ यो १६ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको म प्र ०३-०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।


