बुधबार काठमाडौँ महोत्सव, उपत्यकाका सबै पालिका सहभागी हुने
आइतबार, माघ ११, २०८२
पर्यटकको रोजाइमा वेतना सिमसार
आइतबार, माघ ११, २०८२
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ। हिउँदका महिनामा प्रायः दैनिक ५०० को हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ।
नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई महानगरले सम्मान गर्ने
शनिबार, माघ १०, २०८२
सर्वाेच्च अदालतको यही माघ ४ गते नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा भएको आदेश र काठमाडौँ महानगरपालिकाले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका समितिका पदाधिकारीसँग कार्यवाहक प्रमुख डङ्गोलले यहाँका बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उनीहरूको मागको सम्बोधन गर्दै सबै अघि बढ्नुपर्नेमा जोड दिइन्।
मौसम बदली: कुनकुन जिल्लामा कति भयो वर्षा र हिमपात?
शनिबार, माघ १०, २०८२
विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार,...
हिमपातले अवरुद्ध बनेका दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन
शनिबार, माघ १०, २०८२
राजमार्गमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसिबीले पन्छाएपछि सञ्चालनमा आएका हुन् । राजमार्ग सञ्चालन भएसँगै गएरातिदेखि बीचबाटोमा अलपत्र परेका यात्रु तथा सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। उनका अनुसार राजमार्ग सञ्चालन भए पनि विद्युत् सेवा भने अझै सञ्चालन हुन...
प्रधानमन्त्री बन्न वालेन झापा पुग्दा सिंहदरवार ताक्ने यी हुन् ६ आकांक्षी
शनिबार, माघ १०, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका पूर्वमेयर तथा वरिष्ठ नेता वालेन्द्र (वालेन) शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै झापा–५ मा प्रतिस्पर्धामा उतारेको छ
८१ जनाले चुनावी मैदान छाड्दा बाबुराम पछि हट्नुको यस्तो रहेछ कारण
शनिबार, माघ १०, २०८२
पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई भने रास्वपाले निर्वाचनपछि राष्ट्रपति बनाउने बाचा गरेपछि फिर्ता लिएका छन्
खै आए त म्यादी ! ३६ जिल्लामा पुगेन म्यादी कोटा, धनकुटालगायतमा फेरि थपियो म्याद
शनिबार, माघ १०, २०८२
गृह मन्त्रालयले ४० दिनको कार्यअवधि तोकेर नेपाल प्रहरी मातहत परिचालन गर्न १ लाख ३३ हजार ९ सय ८९ र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत खटाउन १५ हजार १ सय १० गरी कूल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरीलाई चुनावमा खटाउने निर्णय गरेको थियो
आयोगद्वारा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन साइबर ब्यूरोमा पत्राचार
शुक्रबार, माघ ९, २०८२
आयोगले विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हानिकारक सूचना सम्प्रेषण गर्ने ९८ सम्प्रेषकलाई कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाइएको हो । सो सम्बन्धी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
देशभर ४९ उम्मेदवारले लिए मनोनयन फिर्ता
शुक्रबार, माघ ९, २०८२
आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । यससम्बन्धी थप जानकारी आउनेक्रम जारी रहेको उनले बताए ।
दलका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिन इप्पानको माग
शुक्रबार, माघ ९, २०८२
त्यस्तै ठूलो लगानी गर्ने लगानीकर्तालाई विशेष सम्मान, सङ्घ–प्रदेश–स्थानीय तहबीच समन्वय गरी सार्वजनिक–निजी साझेदारीमा ठूला आयोजना निर्माण, नीतिगत अस्थिरता अन्त्य, वन क्षेत्र उपयोग प्रक्रिया सरल बनाउने, ऊर्जा क्षेत्रलाई बन्द–हडतालमुक्त घोषणा गर्ने, प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय ऊर्जा विकास परिषद् गठन तथा दक्ष जनशक्ति उत्पादनका लागि ऊर्जा एकेडेमी स्थापना गर्नुपर्ने माग समावेश गरिएको छ...
प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
शुक्रबार, माघ ९, २०८२
यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील
बिहीबार, माघ ८, २०८२
बागलुङमा प्रतिनिधिसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये सुरक्षा संवेदनशिलता, मतदाताको सङ्ख्या, भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको पूर्वाधार र यस अघिका निर्वाचनको गतिविधिका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ आचार्यले जानकारी दिए।


