उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनबारे प्रस्तावित आचारसंहितामा के छ व्यवस्था ?
उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनबारे प्रस्तावित आचारसंहितामा के छ व्यवस्था ? आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइ कुनै पनि उमेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
नेपालगञ्जका सात वडा कार्यालय भवनविहीन
नेपालगञ्जका सात वडा कार्यालय भवनविहीन वडा नं ४, ५, ६, ७, ८, ९ र ११ गरी सात वडा कार्यालयले अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । वडा नंं १४ र २० ले आफ्नै जीर्ण भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय...
सरकारको चेतावनी: समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिन्छ
सरकारको चेतावनी: समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिन्छ आगामी निर्वाचनपछि आउने नयाँ सरकारले नयाँ अनुहार र नयाँ सोच ल्याउनुपर्ने उल्लेख गर्दै उनले देशलाई समृद्धिको बाटोमा हिँडाउन सक्ने शक्ति आउनु आवश्यक रहेको बताए। जनताले देशलाई ठोस परिणाम दिन सक्ने नयाँ शक्ति सचेत रूपमा छान्नुपर्नेमा उनले जोड दिए। सो अवसरमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जिल्लाका समग्र व्यवसायीको समस्याका...
मधेसको सभामुख पदमा यादवको उम्मेद्वारी 
मधेसको सभामुख पदमा यादवको उम्मेद्वारी  सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो ।
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते बिदा दिने निर्णय गरिएको छ ।
६० जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित)
६० जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित) यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार कमलप्रसाद भट्टराईलाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
रास्वपा सभापति लामिछाने धरौटीमा रिहा
रास्वपा सभापति लामिछाने धरौटीमा रिहा आदेशअनुसार उनलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो । रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी थियो । आज बिहान पहिलो उडानबाट भैरहवा ल्याउने भनिए पनि खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान हुन नसके पछि उहाँलाई भरतपुरसम्म हवाइमार्ग र त्यसपछि सडक...
गाउँपालिका महासंघमा जोडिएका ६ जनाले जिते एमाले केन्द्रीय सदस्य, कुन कुन पालिकाका हुन उनीहरु ?
गाउँपालिका महासंघमा जोडिएका ६ जनाले जिते एमाले केन्द्रीय सदस्य, कुन कुन पालिकाका हुन उनीहरु ? नेकपा एमालेको ११औं महाधिवेशनमा गाउँपालिका राष्ट्रिय महासंघमा जोडिएका ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । विभिन्न गाउँपालिकाको जनप्रतिनिधि रहेका उनीहरु नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानून संशोधन
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानून संशोधन समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानूनी प्रबन्ध गरेको छ। त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको छ।
धार्चे गाउँपालिकाको यामगाउँमा २०० रोपनीमा व्यवसायिक किवी खेती
धार्चे गाउँपालिकाको यामगाउँमा २०० रोपनीमा व्यवसायिक किवी खेती उत्तरी गोरखाको दुर्गम यामगाउँमा २०० रोपनी क्षेत्रफलमा व्यवसायिक किवी खेती गरिएको छ । धार्चे गाउँपालिका ५ यामगाउँका महेन्द्र गुरुङले आफ्नै नामको र केही आफन्त र छरछिमेकको खेर गएको जग्गा उपयोग गरी किवी खेती गरेका हुन् ।
Weather Update