कस्तो रहनेछ आज दिनभरको मौसम ?
कस्तो रहनेछ आज दिनभरको मौसम ? जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहनेछ ।
केन्द्रीय समिति सारेर शीर्ष नेता छलफलमा बस्ने, निष्कर्ष ननिकाल्ने कांग्रेसको दैनिकी
केन्द्रीय समिति सारेर शीर्ष नेता छलफलमा बस्ने, निष्कर्ष ननिकाल्ने कांग्रेसको दैनिकी तर पनि दैनिकजसो बैठक सरेको सूचना निकाल्ने कांग्रेसको दैनिकी नै बनेको छ । पछिल्लो दिनमा सभापति शेरबहादुर देउवा आफैँ सक्रिय हुँदा पनि  निष्कर्ष भने निस्किन सकेको छैन । बैठकमा देउवाले नियमित अधिवेशन रोक्न नहुने धारणा राख्दै रोक्दा पार्टी फुटको अवस्थामा जाने बताइरहे पनि निर्णय भने हुन सकेको छैन ।
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
एनपीएल- आज कर्णाली र काठमान्डु भिड्दै
एनपीएल- आज कर्णाली र काठमान्डु भिड्दै  त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कर्णाली याक्स र काठमान्डू गोर्खाज् भिड्दै छन् । खेल दिउँसो ३ः३० बजे हुनेछ ।
पन्चान्नब्बे जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
पन्चान्नब्बे जना विद्यार्थीलाई छात्रवृत्ति वितरण इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
लहान नगरपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने
लहान नगरपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ ।
ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र संचालन
ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र संचालन ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ ।
सफ्टवेयर परिवर्तनका कारण एयरबसको ए–३२० को विमान विश्वभरबाट फिर्ता बोलाइयो 
सफ्टवेयर परिवर्तनका कारण एयरबसको ए–३२० को विमान विश्वभरबाट फिर्ता बोलाइयो  युरोपको विमान निर्माता कम्पनी एयरबसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ए–३२० समूहका हवाईजहाज फिर्ता बोलाइरहेको जानकारी दिएको छ । विमानमा भएको सफ्टवेयर परिवर्तनका कारण कम्पनीले यो कदम चालेको हो ।
राप्रपाद्वारा प्रधानमन्त्रीसँग राजा, दल र जेनजीबीच समझदारीको प्रस्ताव
राप्रपाद्वारा प्रधानमन्त्रीसँग राजा, दल र जेनजीबीच समझदारीको प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ।
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
Weather Update