‘राजस्व अनुसन्धानको डिजी हुँदा झलकराम अधिकारीले ७० लाख घुस खाए’

 

काठमाडौँ । सहसचिव झलकराम अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ७० लाख रुपैयाँ घुस खाएको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव अधिकारीलाई घुसररिसवत बुझी लिई सम्पत्ति शुद्धीकरण गरेको भन्नेसमेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान गर्दा सो कुराको पुष्टी भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार सहसचिव अधिकारीले एच।के।इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्नको लागि सहजीकरण वापत उक्त कम्पनीका संचालकसँग घुस खाएका थिए ।  सो घुसररिसवत रकम सहसचिव अधिकारीले विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा निजहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गरी गराई बुझिलिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

सो रकमको स्वरूप परिवर्तन गरी गराई भक्तपुर, थिमी नगरपालिका साविक वडा नं। १७ (हाल वडा नं।२०  स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं। ९९८ रहेको ५ आना जग्गा खरिद गरेको तथा देवेन्द्र केसी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग गरेको अख्तियारको भनाइ छ ।

 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update